d

आमाको १०० औं जन्मदिनमा मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उनकी आमाको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्। प्रधानमन्त्री मोदी केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान गुजरातस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आज बिहानै ट्विट गर्दै भनेका छन् ।

तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् ।

हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे ।

प्रधानमन्त्री मोदीकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छिन्। यसअघि नरेन्द्र मोदी शुक्रबार गुजरात पुगेका थिए । त्यहाँ उनले धेरै कार्यक्रममा भाग लिने कार्यक्रम छ।  

Views: