d

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले २ जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्। आगलागीमा १ जनाको मृत्यु भएको र अर्का १ जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ।

मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो। फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ।

१५७ यात्रु र ८ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो। आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए। आगलागीको कारण खुलेको छैन्। क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन्। photo: Maritime Executive

Views: