d

गौरादहमा नागरिक आरोग्य सेवा कार्यक्रम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पर्दाफास/ २२असार, झापा: झापाको गौरादहमा नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न गरिएको छ। बैगुन्धुरा आयुर्वेद औषधालयको आयोजनामा वडा नं. १ को सभाहलमा शिविर सन्चालन गरिएको हो। 
बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म चलेको स्वास्थ्य शिविरबाट नगर भित्रका १५१ जना प्रत्यक्ष लाभान्वित भएका बताइएको छ। 

अस्पताल भद्रपुरका चिकित्सकहरु डा. सुरज पन्त र  डा.  डि. के. पन्डित सहित बैगुन्धुरा अस्पतालका निरीक्षक कविराज बेद प्रसाद शर्मा नेतृत्वको टिमले स्वास्थ्य सेवा प्रदान गरेको जनाइएको छ। 

उक्त नागरिक आरोग्य स्वास्थ्य सेवा कार्यक्रममा स्वास्थ्य जाँच गराउन आएका मध्ये ७५ जनाको सुगर परिक्षण गरिएको थियो भने ५१ जनालाई इसिजी सेवा समेत प्रदान गरिएको थियो । 

स्वास्थ्य परिक्षण पश्चात् ३० प्रकारका औषधीहरु समेत निशुल्क वितरण गरिएको थियो। 

स्वास्थ्य परिक्षण गर्दा  बाथ, सुगर, प्रेसर, अम्लपित्त, छालाको समस्या, पाइल्स फिस्टुला तथा मुटु सम्बन्धि समस्या भएका बिरामीहरु देखा परेको र गम्भीर समस्या देखिएका ३ जनालाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सक डा. सुरज पन्तले बताए।

औपचारिक रूपमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा धारणा राख्दै नगर प्रमुख छत्रपती सुवेदीले बैगुन्धुरामा संचालित आयुर्वेदिक अस्पतालमा नयाँ आर्थिक वर्ष संगै स्वास्थ्य विमा कार्यक्रम सन्चालन गर्ने तयारी भएको जानकारी गराए। आधुनिक जीवनशैलीका कारण  नागरिक स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै नगर प्रमुख सुवेदीले आयुर्वेदले मानिसको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुग्ने उल्लेख गरे । 

 बैगुन्धुरा आयुर्वेद अस्पताल संचालक समिति अध्यक्ष तथा वडा नं. ९ वडाध्यक्ष उपेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख जलवर्षा राजवंशी, 
वडाध्यक्ष नगेन्द्र भण्डारी, आयुर्वेद अस्पताल भद्रपुरका चिकित्सक डा. सुरज पन्त /डा. डि के पन्डित लगायतको उपस्थिति रहेको थियो । 
वडाध्यक्ष नगेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बैगुन्धुरा आयुर्वेद अस्पतालका इन्चार्ज बेद प्रसाद शर्माले संचालन गरेका थिए। 

यो पनि पढ्नुहोस् 

नियमित रूपमा नागरिक आरोग्य सेवा संचालन गरिने 

आयुर्वेद अस्पताल बैगुन्धुराले यसै आर्थिक वर्षको सुरुवात देखिनै हरेक महिना नागरिक आरोग्य घुम्ती सेवा प्रदान गर्ने भएको छ ।

गौरादह नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रममै आरोग्य घुम्ती सेवा कार्यक्रम हरेक महिना संचालन गर्ने उल्लेख गरिएको छ।

 'यस प्रकारका सेवाहरु ३ स्थानमा हरेक महिना सन्चालन गरिने छ।', आयुर्वेद अस्पताल बैगुन्धुराका निरीक्षक कविराज बेद प्रसाद शर्माले जानकारी गराएका छन् । 

हामीले यही २६ गते ५ नं. वडा कार्यालय र 
२७ गते ८ नं. वडा कार्यालयमा समेत नागरिक आरोग्य सेवा संचालन गर्दैछौं ।', कविराज शर्माले भने । 

 

बैगुन्धुरा आयुर्वेद अस्पतालमा के के छन् सेवा? 

हरेक स्थानीय तहमा आयुर्वेद सेवा प्रदान गर्ने संघीय सरकारको उद्देश्य अनुरुप बैगुन्धुरा आयुर्वेद अस्पतालको समयानुकूल विकास हुँदै गएको देखिन्छ। स्थापनाकाल देखिनै निशुल्क आयुर्वेद सेवा प्रदान गर्दै आएको यस अस्पतालमा हाल 
दैनिक विरामी जाँच ।  इसिजी सेवा, पन्चकर्म सेवा, थेराप्युटिक योग सेवा, 
मातृशिशु सुरक्षार्थ स्थनपाई आमाहरुलाई दुग्धवर्दक औषधि आपूर्ति सेवा, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन जस्ता सेवाहरु संचालन गरिदै आएको छ। विद्यालय स्तरमा समेत आयुर्वेद स्वास्थ्य पद्धतिको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालय आयुर्वेदिक शिक्षा कार्यक्रम समेत संचालन गर्दै आएको यस अस्पतालले यसै वर्ष गौरादह २ को ज्ञान ज्योती मा. वी., गौरादह २ कै  अमर मा. वि. र वडा नं. ३ को  जनता मा. वि. मा अध्ययनरत  २/२ विद्यार्थी तथा विषय शिक्षकलाई योग प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको कविराज शर्मा बताउछन् । 
 
यस अस्पतालमा कविराज निरीक्षक १(सातौ तह) , वैद्य १ (पाचौं तह), ल्याब असिस्टेन्ट १, पन्चकर्म थेरापी सहायक १ तथा कार्यालय सहयोगी १ जना गरि ५ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएको बताइन्छ ।

 

No description available.स्वास्थ्य सेवा लिंदै स्थानियहरु 

 

No description available.निशुल्क वितरण गर्न राखिएको औषधी 

 

No description available.निशुल्क वितरण गर्न राखिएको औषधी 

 

 

Views: