d

यस्तो ठाउँमा भेटिए भागेका श्रीलंकाका राष्ट्रपति राजपाक्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 हुलिया देखेपछि प्रहरी नै चकित
 
काठमाडौँ – प्रदर्शनकारीले शनिबार अपराह्न राष्ट्रपति निवास कब्जा गरेपछि भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्ष अनौठो ठाउँमा देखिएका छन् । आधिकारिक रुपमा उनलाई राखिएको स्थान नखुलाएपनि पानीजहाजमा सामान लोड गदै गरेको भेटिएको छ ।

उनी कोलम्बो बन्दरगाहमा दुईवटा पानीजहाजमा सामान लोड गर्दै गरेको देखिएको संचारमाध्ययमहरुले जनाएका छन् । लिन मिल्ने सामान लोड गरेर विदेश भाग्ने तयारी गरिएको समाचारमा उल्लेख छ । पानीजहाजबाट समान लगेपछि आफूले प्लेनमै विदेशीने तयारी गरेको सुरक्षा निकायको भनाई छ ।

उनले अन्तरािष्ट्रय एयर्पोटमा कडा सुरक्षा दिएर राखिएको पनि केही संचारमाध्ययमले जनाएका छन् । प्रदर्शनकारी राष्ट्रपति निवास बाहिर भेला हुन थालेपछि राजपाक्षलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको एउटा युनिटले सुरक्षा दिइरहेको उच्च सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएका छन् ।

प्रहरीले शनिबार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेका समाचार आएका छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । श्रीलंकाको राजधानीमा घोषित विरोध प्रदर्शनअघि ठूलो संख्यामा सशस्त्र सैनिक र प्रहरी तैनाथ गरिएको थियो ।

अधिकारीहरूले शुक्रबार राति कर्फ्युको घोषणा गरेर प्रदर्शनलाई रोक्ने कोसिससमेत भएको थियो । विपक्षी दलहरूको चर्को विरोध भएपछि त्यसलाई पछि हटाइएको थियो । बार एसोसिएसनले पनि प्रहरी प्रमुखमाथि मुद्दा चलाउने चेतावनी दिएको थियो ।

घरमै बस्नका लागि दिइएको चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरू शनिबार राष्ट्रपतिको सरकारी निवास नजिकै जम्मा हुन थालेका थिए । समाचार एजेन्सी एएफपीले केही प्रदर्शनकारीले रेलवेका कर्मचारीलाई कोलम्बो जाने रेल बनाउन बाध्य पारेका थिए । मोटिभेट न्युज।  
 

Views: