d

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको पोखरेलको सचिवालयले जनाएको छ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ भएका थिए। रुघा र ज्वरोसमेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो। उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए।

उनलाई अहिले ज्वरो आइरहेको छ। अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। उनी सरकारी निवासमै आराम गरिरहेका छन्। नेपाल समय। 

Views: