d

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै ५ अर्बको कारोबार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। उतारचढावकाबीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ।

मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो। त्यसयता पुनः क्रमिक सुधार देखिएको छ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोडमाथिको कारोबार भएको छ।
करिब ५ अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद–बिक्री भएको छ। कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँमाथिको कारोबार भएको छ।

Views: