d

पूरै ताइवानलाई लडाकू विमानले घेर्न सक्ने चीनको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चिनियाँ वायुसेनाले राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सुरक्षाका लागि आवश्यक परेमा पूरै ताइवानलाई लडाकू विमानले घेर्न सक्ने चेतावनी दिएको छ । 

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गर्न खोजेपछि चीनले यस्तो चेतावनी दिएको हो । 

आइतवार एउटा सैन्य एयरशोमा बोल्दै वायुसेनाका प्रवक्ता शन जिन्केले ताइवानलाई घेर्न सक्ने विमानहरू चीनसँग रहेको बताए । 

ताइवानलाई चीनले आफ्नै भूभाग मान्ने गरेको छ र त्यसलाई दिइने कुनै पनि कूटनीतिक मान्यताको विरोध गर्ने गरेको छ । वाशिङटनले आधिकारिक रूपमा एक चीन नीति भने पनि ताइवानसँग बेग्लै सम्बन्ध कायम राखेको छ ।
 

Views: