d

कसरी ह्याक भयो पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता ह्याक भएको छ। 

पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष समेत रहेका खानको इन्स्टाग्राम सोमबार ह्याक भएको खबरहरुमा उल्लेख गरिएको छ।  


टाइम्स अफ इन्डियाका अनुसार ह्याकरले इमरानको इन्स्टाग्राम ह्याक गरेपछि उक्त अकाउन्टबाट क्रिप्टोकरेन्सीका बारेमा प्रचारात्मक ट्विट सेयर गरेको पाइएको छ। उनको इन्स्टाग्रामको उक्त लिंकमा अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कको क्रिप्टो खाताको नक्कली लिंक पनि संलग्न गरिएको बताइन्छ।  

इमरान खानको इन्स्टाग्राममा हाल ७४ लाखभन्दा बढी फलोअर्स छन्।


 

Views: