d

अफगानिस्तानमा अमेरिकी हमला, अलकायदाका मूख्य नेता जवारिहरी मारिए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं। अमेरिकाले अफगानिस्तानमा ड्रोन हमला गरेको छ । अमेरिकाले गरेको ड्रोन हमलामा अलकायदाका मूख्य नेता अयमान अल जवाहिरी मारिएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको खुफिया एजेन्सी सीआईएले गरेको प्रतिआतङ्कवाद कारबाहीमा उनको मृत्यु भएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध श्रृङ्खलावद्ध रुपमा हत्या र हिंसा गरेकाले उनले सजाय भोगेको बताएका बीबीसीले जनाएको छ । जवाहिरीलाई मारेर अमेरिकाले हजारौँ नागरिकलाई न्याय दिएको बाइडेनले बताएका छन् ।

अमेरिकी आक्रमणको बेला जवाहिरी सुरक्षित घरमा परिवारका साथमा थिए । ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो । तर परिवारका अरु सदस्यलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको अमेरिकी दाबी रहेको छ ।
सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए । उनी र बिन लादेनले मिलेर सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकाको ट्वीन टावरमा भएको आक्रमणको योजना बनाएका थिए । ७१ वर्षका जवाहिरी अमेरिकाको मोस्ट वान्टेड आतंकवादी मध्ये एक थिए ।

Views: