d

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार (साउन १७ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ९ हजार ३७४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १५ लाख ४७ हजार ९४९ जनाले आवेदन दिएकामा १ हजार ६६५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी गराएको छ ।
 
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यस मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । 
 
लगानीकर्ताले बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मन्दाकिनी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

Views: