d

विदेशी बजारमा पटक पटक मूल्य घट्दा पनि नेपालमा किन घट्दैन?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको छ, तर नेपाल आयल निगमले भने समायोजन नगर्ने जनाएको छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरीद गरेर नेपालमा बिक्री गर्दै आएको छ। इन्डयन आयल कर्पोरेशनले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य सूची पठाउने गरेको छ।

आज इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। आयल निगमका अनुसार पेट्रोलमा एक रुपैयाँ ९४ पैसा र डिजेलमा चार रुपैयाँ ८४ पैसा घटेर आएको छ।

यसअघि साउन १६ गते र असार ३२ गते आएको मूल्य सूचीमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो। मूल्य बढेर आउँदा निगमले बढाउने गरेको भए पनि तीन पटक घटेर आउँदा भने घटाएको छैन।

आयल निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गरी नयाँ मूल्य सूची अनुसार प्रतिलिटर चार रुपैयाँ ७४ पैसा नाफा भइरहेको जनाएको छ। त्यस्तै, डिजेलमा चार रुपैयाँ ५० पैसा र ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको जनाएको छ।

जसले गर्दा भारतबाट घटेर आएको भए पनि नेपालमा मूल्य समायोजन नगरिने निगमले जनाएको छ। निगमले भनेको छ, 'नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थहरुको थोक तथा खुद्रा बिक्री मूल्यहरुमा कुनै समायोजन नगरी हाललाई यथावत राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।'
https://www.himalkhabar.com/news/131719

Views: