d

कोभिड-१९: थपिए २८६ नयाँ संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो।

एक हजार आठ सय १६ जनाको पिसिआर र एक हजार छ सय सातजनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। यही अवधिमा चार सय ७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या नौ लाख ७८ हजार नौ सय एक पुगेको छ।

Views: