d

गाँजा खेती नष्ट गर्ने अभियान सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बझाङ - जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न ठाउँमा चरेस र भाँगो उत्पादनका लागि लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ।

 गाँजा खेतीबाट चरेस, गाँजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाइएको खेती र विभिन्न ठाउँमा आफैँ उम्रिएको गाँजा नष्ट गर्न सुरु गरिएको हो। 

जिल्लाको विथ्थडचिर गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका लगायतका पालिकाहरुमा लगाएको र आफैँ उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरेका हुन् । 

 

May be an image of text

 

जिल्लाभरि आइतवारसम्म मात्रै झन्डै १० रोपनी जग्गामा उम्रिएको र लगाइएको गाँजा नष्ट गरिएको  बताइएको छ।  

गाँजाबाट चरेस उत्पादन हुने भएका कारण चरेसलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले आफैँ उत्पादन भएको र लगाएको गाँजालाई नष्ट गर्ने अभियान जिल्लाभरि सुरु गरिएको प्रहरीको भनाई छ।  

Views: