d

महानगरको आँखा अव राहदानी विभाग तर्फ, नक्सा पास नगरी भवन बनाएको ठहर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राहदानी विभाग त्रिपुरेश्वरमा रहेको भवन अवैध रहेको खुलासा भएको छ । नक्सा पास नगरी भवन बनाएको कारण उक्त भवन अवैध भएको खुलेको छ।राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो।

कन्सुलर सेवा विभाग समेत रहेको यो भवनाको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण विभागले जनाएको छ । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्णमा गरेको थियो।

नक्सा पास नभई भवन बनाएपनि विभागले भूमिगत पार्किङ राखेको थियो। तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ।

बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ। र, बेसमेन्ट खाली गराइरहेको छ। ‘यसअघि पनि मेयरसाहबले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आएको थियो,’ महानगरका एक अधिकारीले भने,’तर विभागले सेवाग्राहीको भिडाको कारण देखाएर मानेको थिएन।’ विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपलिका वा नगरपलिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन। हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड नभेटिएको महानगरले जनाएको छ । The Nepal Top/Photo Everest Dainik

Views: