d

तिजलाई विकृती होइन सुसंस्कृत बनाऔं

Views:
Responsive Image Gallery
Responsive Image Gallery

"व्रत र पुजाआजा गरि भाद्र शुक्ल द्वितीया देखि पन्चमी सम्म मनाईने हरितालिका तिज आज भोलि दरको नाममा महिनै भरी मनाउन थालिएको छ । माईतिको आजनमा आमाबुबा दाजुभाइ र दिदी बैनी जम्मा भएर मनाईले तिज अहिले होटल तथा पार्टी प्यालेससम्म पुगेको छ "

नेपालीहरुको महाड चाड हरितालीका तिज  विवाहित महिलाहरुले असल पतिको सौभाग्यको लागि र  अविवाहितहरुले असल पति पाउ भनी पानी पनि नखाई शिव पार्बतीको व्रत बसी आशिर्वाद  माग्ने चाड हो । बर्ष दिनमा बर्ष भरी आफ्ना घरमा दुख सुख पाएकी चेलिले  माईतिले माईतमा गै बा आमा दाजु भाइ भाउजू बुहारी र दिदीबैनीसंग अनि माईती घरले दिएको मीठो मसिनो जे जस्तो खाएर दुख भुलाउने  चाडको रुपमा लिइन्छ ।

हिजो आज तिजको परिभाषा लगभग बढ्लिएको छ । माईतिको आगनमा बुबा आमा दाजु भाइ र दिदी बैनी जम्मा भएर मनाउने तिज अहिले होटल तथा पार्टिप्यालेसमा पुगेको छ ।  व्रत र पुजाआजा गरि भाद्र  शुक्ल द्रीतिया देखि पन्चमी सम्म मनाईने तिज आज भोलि दरको नाममा महिना भरी मनाउने चलन आएको छ ।

व्रत र पुजाको स्थान भोजभतेरले लिएको छ । शृंगारको नाममा देखावटी र वस्त्रको प्रर्दशन गीतको नाममा विकृती बढ्दै गएको छ। त्यसैगरि आजभोलीका कतिपय तिजका  गित र नाचगान घर  परिवारमा बसेर हेर्न सकिने र सुन्न सकिने पनि छैन।

महिनादिन देखिनै तिजको नाममा भोज भतेर र नाचगान सांकृतिक धार्मिक रुपमा सहि देखिछ न त साधन स्रोत  समय र ओचित्यक हिसाबमा  सहि धेरै खायो भने चिनी पनि नुनिलो हुन्छ भने त थाहा नै छ नि ।  पर्वको मर्म बुझेर त्यसको उपयोग र प्रचलन गर्नु राम्रो हो तर पर्वलाई गिज्याउने गरि त्यसको शोभनिय मान सकिँदैन ।  तिजमा आएको यस प्रकारको विकृति  हरितालिका  तिज पर्वको मर्म माथी गम्भीर आधार पुर्याएकों छ भने  नयाँ पुस्ता माझ तिज पर्वको गलत सन्देश प्रभाव भएको छ ।

धार्मिक सामाजिक सांकृतिक तथा वैज्ञानिक महत्व  अर्थ र विषेशता भएका यस्ता पर्वको  मर्म  भावना र उद्देश्यले अनुरुप  सभ्य तथा  सांस्कृतिक  ढगले चाड पर्व मनाउन र धर्म एवम् संस्कृति संरक्षण गर्नु हामी सबैको साझा कर्तब्य हो ।

 

लेखक:  मिलन भट्टराई 

Views: