d

झापामा आयुर्वेद अस्पतालको उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह, झापा,१५ भदौ: झापाको कमल गाउँपालिका - ६ मा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ।  प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव र कृषि मन्त्री झलक सिंह दर्लामीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो। 

वि स २०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शिलान्यास गर्नुभएको थियो।  कार्यक्रममा मन्त्री यादवले स्थानियस्तरमा विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल स्थापना भएको बताउनुभयो। वहाँले अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दाताको प्रसंशा गर्नुभयो।  मन्त्री यादवले अस्पताल संचालनमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्दता व्यक्त गर्नुभयो।  उहाँले प्रविधि र जनशक्ति व्यवस्थापनका लागि अघि बढ्ने बताउनु भयो।  

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अस्पाताल संचालनका स्थानिय सरकारले सक्दो प्रचार गर्ने बताउनुभयो। अस्पतालमा ७० प्रकारका नसर्ने रोगको बिरामीको उपचार हुनेछ।  आजैबाट अस्पतालले बहिरंग सेवासमेत सुरु गरेको अस्पतालक निमित्त आयुर्वेदिक चिकित्सक डा अनिल कुमार यादवले जानकारी दिनुभयो।  कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो।  रासस   

photo: swasthya khabar 

Views: