d

डाँफे सहकारी दमकको १५ औं साधारण सभा सम्पन्न (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ २०  भदौ २०७९, सोमवार, झापा/ डाँफे सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. दमकको साधारण सभा सम्पन्न भएको छ।  संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभा विविध कार्यक्रम गर्दै सम्पन्न गरेको हो।  

दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा सोमबार एक भव्य कार्यक्रमकाबीच साधारण सभा उद्घाटन गरिएको बताइएको छ।   

दमक–५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघका केन्द्रिय उपाध्यक्ष रमेश पोख्रेलले  समाज रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।


 उपाध्यक्ष पोख्रेलले मुलुकका हरेक क्षेत्रमा रहेका नागरिकहरुलाई समेटेर स्थापित सहकारी क्षेत्रले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान गरिरहेको बताए।

सहकारीको मूल्य र मान्यता अनुसार सहकारीहरु चल्न आवश्यक रहेको बताउदै उनले  सहकारीहरुले अब संख्यात्मक भन्दा समान उद्देश्य र प्रकृति मिल्ने सहकारीहरुबीच एकिकरण हुदै प्रभाबकारी रुपमा गुणात्मक प्रतिफल दिन अवश्यक रहेको बताए ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा जिल्ला सहकारी संघका सदस्यहरु गणेश ढकाल र प्रेम कोइरालाले सुभकामना मन्तव्य राखेका थिए।  

संस्था उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका सचिव लिलानाथ खनालले गरेका थिए।  

 

No description available.

 

No description available.

 

No description available.

 

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

Views: