d

लायन्स एण्ड लियाे क्लबद्वारा अरुणाेदयका बिद्यार्थीलाई पाठ्य सामग्री बितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

जेबि खड्का

गौरादह/गौरादह नगरपालिका वडा नं -८ मा रहेकाे अरुणाेदय आधारभूत बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई पाठ्य सामग्री बितरण गरिएकाे छ।लायन्स एण्ड लियाे क्लब अफ सुइट सिटी दमकले औपचारिक कार्यक्रमका बिच बिहिवार बिद्यालयमा अध्यानरत १ सय जना बिद्यार्थीहरुलाई कापी, दड, पेन्सिल बितरण गरेकाे हाे।क्लबका एरिया काेअडिनेटर बिस्वास कास्यपका छाेरी अश्रीदा कास्यपकाे जन्मदिनको अवसरमा बिद्यालयका बिद्यार्थीहरुलाई पाठ्य सामग्री बितरण गरेर जन्मदिन मनाएका छन।

अश्रीदाकाे जन्मदिनकाे अवसरमा केक काटेर खुसियाली मनाइएकाे थियाे।अश्रीदाकाे जन्मदिन रहेकाले उनलाई सु- स्वास्थ्य दिर्घायु र उत्तराेउतर प्रगतिकाे कामना गर्दै बिद्यालयका तर्फबाट उपहार दिइएको थियाे। बिद्यालयका शिक्षकहरुले अश्रीतालाई उपहार हस्तान्तरण गरिएका थिए। पाठ्य सामग्री बितरण कार्यक्रमका प्रमुख अतिथि सेमेत रहेका कास्यपले छाेरीकाे जन्मदिनको अवसरमा ग्रामिण क्षेत्रमा रहेका गरिब तथा बिपन्न परिवारका छाेराछाेरीहरुलाई पठनपाठनमा सहजताका लागि पाठ्य सामग्री बितरण गरेकाे जानकारी गराए।

बिद्यालयमा अध्यानरत बिद्यार्थीहरु बिपन्न परिवारका रहेकाले कास्यपले बिद्यार्थीहरुलाई थप सामग्री बितरण गर्ने जानकारी गराएका छन। क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति हरि उप्रेतीले क्लबले बिगत बर्ष देखि सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई सहयाेग गर्दै आएकाे र आउदा बर्षहरुमा पनि सहयाेग गर्ने जानकारी गराए।

पाठ्य सामग्री बितरण कार्यक्रममा क्लबका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे।त्यस अवसरमा वडा नं -८ का वडाध्यक्ष गणेश राजवंशी, बिद्यालयका प्रधानाध्यापक झगेन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए। खुस्बु खातुनले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सराेज नेपालीले कार्यक्रम संचालन गरेका थिए।

Views: