d

महिला हिंसा कहिले सम्म र कसरी रोक्ने ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मिलन भट्टराई 

घर तथा गाउँ समाजमा पनि महिलाहरुलाई विभिन्न हिंसा हुने गरेका छन् ।  हरेक घर तथा समाजमा महिला हिंसा भएका घटना हामी सुन्छौ । कहिले श्रीमानले रक्सी पिएर श्रीमती कुट्ने कहीं  भएका जग्गा जमिन बिक्री गरेर ठूलो रिणमा  डुबेर परिवारलाई तनाब दिने आदि  घटनाहरु प्रसस्तै सुनिन्छन्।   

जसरी परिवारमा सृष्टि  चल्न महिला पुरुष दुबै चाहिन्छ । एक बिना अर्को अपुरो र अधुरो हुन्छ। त्यसै गरि शान्त र हिंसामुक्त  घरपरिवार समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पत्तीको समान हक कायम गराउनै पर्छ ।  यसले समाजमा सामानता स्थापना गर्न मद्दत पुग्छ ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यको धारा १८ मा समानताको हकको व्यवस्था रहेको छ ।  संविधानमा पैतृक सम्पत्तिमा भेदभाव  बिना सबै सन्तानको समान हक हुने छ भनिएको छ।  सोही धाराको उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक  मामिलामा दम्पतीको समान हक हुने छ भने व्यवस्था रहेको छ।  राज्यले पनि महिला पुरुष  समान हो भन्ने  मान्यता अनुरुप  सम्पत्तिमा सम्मान हक सुनिश्चित  गरिएको छ ।

हाम्रो जस्तै कृषिप्रधान देशमा जमिन उत्पादनको साधन मात्र होइन । मान्छेको हैसियतको मापनको आधार पनि बन्ने गरेको  छ । जो सग जमिन छ उसको समान र मर्यादा छुट्टै हुने गरेको छ। जमिनले पछिल्लो समय राजनितिक र सामाजिक  क्षेत्रमा समेत पर्ने  शक्ति सिर्जना गरीरहेको हामी देख्न सक्छौं । यसैले पनि सबै ठाउँमा महिलाहरुको पनि समान हैसियत अस्तित्व तथा पहुँच वृद्दि गर्न भएको सम्पत्ति बराबर  गराउदै व्यवहारमा पनि कार्यान्वयन गराउन आवश्यक रहेको छ। यसो हुन सक्यो भने हामीले अहिले भोग्दै देख्दै र सुन्दै आएका महिलाहरुलाई हुने भेदभाव र हिंशा  धेरै कमि आउने निश्चत छ। यसले खुसी र सुखी पारिवारिक वातावरण निर्माणमा भुमिका खेल्छ । 

महिला हिंसाबिरुद्धको अभियान मनाउने नाममा लाखौ खर्च गरेर तामझाम गर्नुको साटो बास्तमा अधिकार कसलाई चाहिएको हो छ? को हिंसामा परेको छ?  र तिनलाई कसरी अधिकार दिलाउन सकिन्छ ? त्यस तर्फ  ध्यान पुर्याउनु सरकार र आम नागरिकको आजको आवश्यकता हो ।

Views: