d

कार्यदलले गृहमन्त्रीलाई बुझायो मिटरब्याजीसम्बन्धी प्रतिवेदन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिश गर्न गठित कार्यदलको प्रतिवेदन बुझेका छन् । उनले सोमवार उक्त प्रतिवेदन बुझेका हुन् । कार्यदलका संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गरेका थिए ।  प्रतिवेदनमा स्थानीय प्रशासनले प्राप्त उजुरीमा तत्काल छानविन र कारबाहीलाई निरन्तरता दिनुपर्नेलगायत ३२ बुँदा सिफारिश गरिएको छ । ऋण लिनुपर्ने बाध्यकारी अवस्था, श्रमिक तथा गरीब किसानको वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँचको अभाव, मिटरब्याजीविरूद्ध उजुरी गर्दा ऋणी पक्ष कमजोर हुने गरेको कारण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार देशभरि मिटरब्याजीविरुद्ध २२८९ उजुरी परेका छन् ।

Views: