d

संविधान दिवस र त्यसको महत्व  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संविधान  भनेको के हो? संविधान भनेको देशको मुलकानुन हो। हाम्रो संविधानको लागि नेपाली जनताले पटक पटक संधर्ष गर्दै आएका हुन्। २०७२ साल असोज ३ गतेका दिन नेपाली जनताले आफुले चाहेको संविधान आफैले चुनेका प्रतिनिधीबाट जारी भएको थियो। जुन संविधान नेपालको इतिहासमा सातौ लिखित संविधान पनि हो। नेपाली जनता आफैं सहभागी भएर संविधान निर्माण गर्ने धोको पुरा भएको  छ। संविधान सबै नागरिकका लागि राम्रो मानिनु पर्ने हो तर यो संविधान जारी हुँदाकै बखत संविधान  स्विकार गर्न पक्षबाट यसको दिपावली बनायौ भने अर्को एउटा सानो क्षेत्रमा सानो जमातले यसलाई अस्विकार गर्दै संविधान जारी भएको दिनको रुपमा उद्घोष गरीयो जुन दुबै पक्षको यो सोच अतिबादी सोच भन्दा हुन्छ।

संविधान जारी भए पछि असहमती प्रकट गर्ने पक्षहरुलाई सहमतीमा ल्याउन जरुरत  थियो । संविधान भन्दा माथी कसैको पनि बिराजमान हुन खोजेको यो संबिधानलाई आम नागरीकले खुसीयाली गर्दै हरेक बर्ष  असोज ३ गते विभिन्न ठाउँ गाउँ  सहरमा दिप प्रजलन गरि हर्षोल्लासका साथ मनाउदै आएका छन् । असोज ३ गतेलाई लक्षित गरि साँझपख विभिन्न ठाउँ टोल शहरमा धेरै मान्छे जम्मा भै दिप प्रजलन गर्दै आएका हौ।

संविधानको जीवन्तता सत्तामा बस्ने मानिसहरुलाई र सत्तामा पुर्याउने राजनीतिक पार्टिहरुले अवलम्बन गर्ने क्रीयाकलापले नै हो। बिगतका संविधान दिवसको जीवन्तता उनीहरुकै कारणले पाउन नसकेको हो। संविधानमा भएका शब्दहरु राम्रै हुँदैमा संविधान दिवसले जिवन्त पाउने  होइन त्यसको कार्यान्वयन पक्ष सक्षम र सवल भएमा आम नागरीकले स्विकार्न सक्छ्न। संविधान माथी कसैले पनि औंला उठाउने ठाउँ छैन। संविधान दिवसको अवसरमा यो कुरालाई आत्मासाथ गरीयोस। सबै नेपालीमा संविधान दिवसको उपलक्षमा हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछु।

स्तम्भकार: मिलन भट्टराई 
कमल ५, झापा 

 

Views: