d

बढ्दो यौन हिंसा न्यूनीकरणका उपायहरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️मिलन भट्टराई 

नेपालमा दिनदिनै बलात्कारका प्रयास र बलात्कारपछि  हत्या जस्ता बिषयहरु अखवार पानाहरुमा प्रसस्तै देख्ने र सुने गरेको पाइन्छ । हाम्रो देशमा किन यस्ता घटनाहरु भै रहेका छन त ? यो बारेमा केही चर्चा  गर्दा असल हुन्छ जस्तो लाग्छ । हाम्रो समाज सामाजिक संजाल नजिक  छौ। नेपालमा अहिले सामाजिक संजालमा अपरिचित मानिस जोडिने र बिस्तारै चिनजान र भेटघाट गर्ने वा मायाको नाटक गरेर यस्ता घटनाहरु घटेका छन् । यति मात्र होइन श्रीमान बिदेशमा गएर र यता श्रीमती परपुरुष  संग लाग्ने गरेको र त्यस पछि विभिन्न प्रकारका समस्या उतपन्न भै ठुलठुल्ला घटना घटेको हामीले सुन्दै आएको छौ।

हाम्रो समाजमा अहिले अति व्यस्त छ। धेरै नेपाली दाजुभाई तथा दिदीबैनीहरु बिदेशतिर  पलाएन हुने क्रम जारी रहेको छ । नेपालमा बेरोजगारी ह्बात्तै बढेको छ। यदपी स्वदेशमै पनि अधिकांश युवाहरु  निजि तथा सरकारी रोजगारीमा रहेका छन् । त्यसको  अलवा केही युवाहरुले व्यवसाय समेत गरेका छन् । शौक्षिक बेरोजगार र सामान्य   बेरोजगार बढदा युवाहरु कुलत तथा दुर्ब्यसनीमा फस्ने गरेको छन् ।धुमपान मधपानले समाजलाई गलत बनाएको छ।  यी बिषयलाई नै बलात्कारका घटनाहरु दिनदिनै बढ्दै गएको देखिन्छ। धेरै जसो बलात्कार गर्नेहरुले धूम्रपान मध्यपान  लागुपर्दाथ दुर्ब्यसन गर्न गरेको पाइन्छ। नेपालमा मध्यपानको किनवेच खुल्ला रुपमा हुने गरेकाले पनि समाजमा निरीह बदै गरीरहेको छ।  यसलाई नियन्त्रण गर्न आवश्यक  रहेको छ। रक्सीजन्य प्रदार्थको सेवनले  विभिन्न प्रकारका समस्या निम्तिने  गरेको छ। जस्तै हत्या हिंसा बलात्कार  झगडा सवारी दुर्घटना आदि रहेको छ।

महिलाहरुलाई शिक्षा स्बास्थ्य रोजगारी आत्मरक्षा तालिम दिदा पनि यौन हिंसा कमि हुन सक्छ। महिलाहरुलाई विशेष   प्रकारको छुट्टै इजालस भएको अदालतको व्यवस्था गर्नु पर्दछ। महिलाको मुद्दामा प्रहरी पनि महिला नै परीचालन हुनु पर्छ । एउटा इलाका प्रहरी चौकिमा महिला नै निरीक्षक वा सहायक निरीक्षक हुनु अनिवार्य रहेको  छ।

Views: