d

दशैं बालापनमै रमाईलो हुने थियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️मिलन भट्टराई 

परापुर्व काल देखि धार्मिक परम्परा  आस्थाका कारण बनाउदै आएको दशैं अहिले आएर निकै परिवर्तन आएको छ।  आर्थिक कारणले दशैमा धान भित्र्याउने चटारो सबै कृषकलाई असारको रोपाईको लागि हुने गर्दछ। दशैको लागि भनेर महिनौ अगाडी देखि हरेक सर सामानको जोहो र तयारी गर्नु पर्ने त्यो बेलाको समय र अहिले आएर आकास  जमिनको फरक भएको छ।सायद त्यो बेलामा वालापन भएर हो कि हामीले भोगेको देखेको त्यो बेलाको दशैं सम्झदा पनि खुसी लाग्छ। गाउँ सहरमा सबैको घर घरमा कमेरो माटोले लिपेको रङ्ग रोगन  लगाउथे। घरको भुँई र बाहिर रातो माटोले घर पोत्ने चटारो हुन्थो। सबैको घर घरमा दशैलाई भन्दै साँचेको काक्रो थाङ्ग्रामा पाकेर पुट्थ्यो। रोटेपिङको लागि खाबो गाड्न गैथो लिङे पिङको लागि डोरी बाटिन्थ्यो। दशैलाई भन्दै टेको लगाईएका  केरा बोटहरुले दशैंलाई कुरेर बसेको आभास हुन्थ्यो।

जता गयो आगनदेखी बारीको काल्ना सम्म सयपत्री गोदाबरी मखमली फुलहरु फुलेका हुन्थे। चिउरा कुट्न रातभरी गाउँका ढिकी दुक्याइ दुक्याई गर्थ्यो। गाउँघरमा कुवा पधेरो बाटो घाटो सरसफाईमा जुटिन्थियो। दशैंको अवसरमा विभिन्न खालका सांस्कृतिक कार्यक्रमहरु दशै तिहारमा हुने गर्दथ्यो । सबैको घर घरमा एउटा न एउटा दशैको लागि भनेर खसी कुखुरा बोका साचेका हुन्थे। घाममा सुकाएर  राखेका मासुको गन्धले महिना भरी सताउथ्यो।

निधारभरी टीका लगाएर गालाभरी अविर दलेर दक्षिणामा पाएको सिक्का पैसा पाउँदा निकै खुसी हुने  गरिन्थ्यो। पोहोरको दशैंमा यति दक्षिणा  भएको अहिले कति हुने हो भनेर मनमनै   हिसाब किताब गरिन्थियो र पो दशै आएझै लाग्थ्यो त्यो दशैं अहिले खै नवरात्री भर बिहान झिसमिसेमा उठेर सबै मठमन्दिर पुगेका हुन्थे। पाटी पैवा सटर कुना काच्चामा साथिभाई छिमेकिहरु तास खेलेर मनोरञ्जन गर्दथे।   कोहि जाँड रक्सीले मातेर नागबेली हुँदै बाटो नाप्दै हिड्थे। आहा त्यो बेलाको दशैं समझदा कति खुसी लाग्छ । सधै भरी निम्तो मकैको ढिडो पाक्ने चुलामा एक्कासी मासुभात  पाक्दाको खुसी बर्षदिन  कुरेर बल्लबल्ल नयाँ लुगा लगाउन पाउदाको त्यो समय  अभावमा बाँचेको समय बर्षको एक पटक भए पनि सबै नेपाली हिन्दुजनले सर सापटीबाट  वा मागेर भए पनि दशैं मनाउने  चलन थियो।

नेपालीहरुको महानचाड दशैंमा  पारिवारिक मिलन धार्मिक आस्थाको सबैको आर्थिक उन्नती सामाजिक सुधार सबैमा सु-स्वास्थ्यको कामना गर्दै देवी भगवती दुर्गामाताको पुजापाठ गरेर बनाउने गर्दछौ। यस बर्षको दशैं पनि समस्त नेपाली जन समुदायमा खुसी र भरोसामा एक अर्काको सुमधुर सम्बन्ध राखेर हामी र हाम्रो लागि सबै नेपालीहरु जहाँ रहे पनि महान चाड दशैमा खुसी रहन सकोस । सवै सवैमा विजया दशमीको हार्दिक मगलमय शुभकामना  व्यक्त गर्दछु।

Views: