d

नेपाली बजारमा ओप्पो स्मार्टफोनको मूल्य घट्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्डको लोकप्रिय उत्पादन ओप्पोले नेपाली बजारमा ‘ओप्पो ए१६के’ को मूल्य घटाएको छ । कम्पनीले याे फाेनकाे मूल्यमा पाँच सय रूपैयाँ कटाैती गरेकाे हाे ।

अब ग्राहकले ४ जीबी र्‍याम भेरियन्टकाे फाेन १७ हजार ४९० रूपैयाँमा खरिद गर्न सक्नेछन् । दुई भेरियन्टमा उपलब्ध फाेनमा ६.५२ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ ।


यो फोन मिडियाटेक एमटी ६७६५जी हेलियो जी२५ चिपसेट र एन्ड्रोइड ११ मा आधारित कलरओएस ११.१ अपरेटिङ सिस्टमद्वारा सञ्चालित छ । टेक पाना बाट।  

फोनमा फाइभ एक्स जुम क्षमतासहित १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । त्यस्तै ४२३० एमएएच ब्याट्री क्षमता दिइएकाे छ ।

Views: