d

पोखरी बनाउनु पर्छ भन्ने हामी नै हौँ, बनाएरै छाड्छौं - हिक्मत कार्की 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका क्षेत्र भित्र रहेका ऐतिहासिक पोखरीहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने बृहत योजना रहेको पाइएको छ।  सयौं वर्ष देखि अलपत्र रहेका यी पोखरीहरुलाई पर्यटकिय गन्तब्य क्षेत्रको रुपमा अगाडी बढाउन बिगत ५ वर्ष देखि स्थानिय, प्रदेश र संघीय सरकार मार्फत पहल गरिन थालेको हो। 

उक्त पोखरीहरुलाई अत्याधुनिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न योजना तर्जुमा गरेर डिपिआर समेत सम्पन्न भैसकेको पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की बताउनु हुन्छ ।  

गठबन्धन सरकारको गलत रबैयाका कारण एमालेले संचालन गरेका धेरै योजना कटौती गरेको तथा डिपिआर भइसकेका नयाँ योजनाहरुको बारेमा समेत सरकारले उदासिनता देखाएकै कारण पोखरीको कागज पत्र अलपत्र परेको वहाँ बताउनुहुन्छ।  

'नेकपा एमालेका नेता दिपक कार्की माननीय रहेकै बेला देखि हामी यो पोखरीलाई पर्यटकीय पोखरीको रुपमा बिकास गराउन प्रयत्नशील छौं। पछिल्लो समय यसको कम्प्लिट डि पी आर समेत भइसकेको छ र हामीले आफैं प्रदेश मन्त्रालय सम्हाल्दै गर्दा यसलाई थप पहल र प्रयत्न गर्यौ। कम्प्लिट डिपिआर गरेर संघीय सरकारलाई बुझाएको पत्र अहिले अलपत्र अवस्थामा रहेको छ।', कार्कीको भनाई छ।  

पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सक्दा गौरादहबासीको जनजीविकाको बाटो तयार हुन्छ भनेर आफुहरुले नै प्रारम्भिक छलफलहरु गरेको, एमालेका विभिन्न तहहरुमा यस सम्बन्धी छलफल गरिएको र गुरु योजना बनाएर अगाडी बढाइएको वहाँको भनाई छ।  
   
'कुनै पनि महत्वपुर्ण बिकास आयोजनाको लागि निरन्तर प्रयास र प्रयत्न गरिनु पर्छ, हाम्रो प्रयास जारी नै छ।  कसैले २ दिन रोकेर रोकिने कुरा आउदैन। हामीले अत्याधुनिक शैलीमा पोखरी क्षेत्रको बिकास गर्ने योजना बनाएका छौं, बृहत मोडालिटीको योजना लागत पनि बढीनै हुने गर्छ, अहिले हामीले ३५ करोड बराबरको लागत इस्टिमेट सहितको डिपिआर बनाएका छौं। निर्वाचन पछि यसलाई पहिलो प्राथमिकता दिएर काम गरिने छ।', कार्कीले बताउनुभयो।  


  

    

Views: