d

ऋषि सुनक बने पहिलो  हिन्दु बेलायती प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री हुने भएका हुन्।  ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लागेका छन् ।

ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बने । 

औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् ।

बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभार सम्हाल्न लागेका छन् ।

नयाँ प्रधानमन्त्रीका रुपमा उनले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बीबीसीले उल्लेख गरेको छ ।

सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए।  सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षको भए । उनि हिन्दू धर्ममा आस्था राख्छन् । 
 

Views: