d

विराटनगरमा विराट एक्स्पो सुरु, राष्ट्रपती भण्डारी द्वारा उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगको संरक्षण र प्रवर्द्धनका लागि लाग्नु पर्ने बताउनु भएको छ  । वहाँले बिहीबारदेखि सुरु भएको विराट एक्सपोको उद्घाटनलाई सम्बोधन गर्दै उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न सके उद्योगहरूलाई सहज हुने बताउनु भएको हो।  
राष्ट्रपती भण्डारीले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्नुपर्ने बताउनु भयो।  

 वहाँले  विराटनगर प्रति चिन्ता व्यक्त गर्दै हिजोको औद्योगिक पहिचान गुम्न दिन नहुने बताउनु भएको छ। 

‘औद्योगिक पहिचान बनाएको विराटनगरको साख गुम्न दिन हुँदैन, वहाँले भन्नुभयो, विराटनगर औद्योगिक सहर हो, त्यसको साख गिर्न नदिन सबै मिलेर लागौँ ।’

विराटनगरमा बिहीबारदेखि विराट एक्स्पो सुरु भएको हो । एक्स्पोमा विभिन्न ३६१ स्टलहरू राखिएका छन् । यो वर्षको एक्स्पोलाई विशेष रूपमा फरक बनाउन खोजिएको आयोजकको भनाई रहेको छ।  

Views: