d

यूनियन लाइफ इन्स्योरेन्सको ८.६५ प्रतिशत बोनस शेयर घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ULI) ले सर्वजनिक निष्काशन गरेपश्च्यात पहिलो पटक शेयरधनीहरुलाई ८.६५ प्रतिशत बोनस शेयर र ०.४५५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

इन्स्योरेन्सको पौष १२ गते मंगलबार बेलुकी ५:०० बजे बसेको संचालक समितिको ८४औं बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ८.६५% बोनस शेयर र ०.४५५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) दिने प्रस्ताव गरेको हो।

प्रस्ताव गरिएको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले अन्मोदन गरेपश्च्यात वितरण गरिनेछ। यूनियन लाइफ इन्स्योरेन्स हाल गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स सँग मर्जर प्रकृयामा रहेको छ।

Views: