d

मापदण्ड विपरीत खटिएका २ सय २१ सुरक्षाकर्मी फिर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । गएकाे मङ्गलवार गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई  निर्देशन दिएको थियो ।

निर्देशनअनुसार नेपाल प्रहरीका एक सय तीन र सशस्त्र प्रहरीका एक सय १८ जना फर्किएका हुन् । अस्ति र हिजो गरेर दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र चालकका रूपमा उनीहरू खटिँदै आएका थिए । यस्तै सुरक्षाकर्मी तथा चालक फिर्ता गरिएकोमा केहीले असन्तुष्टिसमेत जनाएका छन् ।

Views: