d

गौरादह खानेपानीको १४ औं साधारणसभा सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे १४ औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ। गौरादह १ सनराइज टोल स्थित पन्चेश्वर शिवालय  मन्दिरको सभाहलमा शनिवार साधारणसभा सम्पन्न गरिएको हो।  

उक्त अवसरमा अध्यक्ष बाबुराम भण्डारीले खानेपानीको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले गौरादह नगरपालिकाकाे वडा नं -१, २ र ३ भित्रका ३ हजार ५ सय घरधुरीमा खानेपानी बितरण गरिएकाे र वडा नं ४, ९ र कमल गाउँपालिकाकाे केही क्षेत्रमा पानी बितरणकाे लागि प्रस्ताव पेश गरिएको जानकारी गराउदै प्रतिबेदन प्रस्तुत गरे। 

अध्यक्षकाे प्रतिबेदनमा संघिय सरकारकाे सहलगानीमा दिर्घकालिन आयाेजनाकाे प्रारम्भिक चरणकाे काम भइरहेकाले कार्य सम्पन्न भएपछि उपभोक्ताहरुमा खानेपानी बितरणमा थप सहजता हुने बताएका छन्।   सहलगानी अनुसार ७० प्रतिशत संघिय सरकार र ३० प्रतिशत खानेपानी संस्थाले बिहाेर्ने बताए।

यस्तै काेषाध्यक्ष शान्ता दाहालले संस्थाले १ कराेड २० लाख ३४ हजार ६ सय ९२ आम्दानी गरेकाे र ८४ लाख १६ हजार १ सय ६ खर्च भएकाे र ३६ लाख १८ हजार ५ सय ९० बचत रहेकाे प्रतिबेदन प्रस्तुत गरेकी थिईन्।  

कुल जगेडा कोष २ कराेड ८५ लाख ६६ हजार ३ सय ४७ रहेकाे संस्थाले ६ कराेड ३५ लाख ९६ हजार १ सय ३२ बराबरकाे कुल काराेवार गरेकाे संस्थाकि लेखापाल सरस्वती खत्रीले जानकारी गराइन् । 

संस्थाकाे १४ औं साधारणसभा नयाँ कार्यसमिति चयनकाे साधारणसभा रहेको समेत सोहि अवसरमा जानाकारी गराइएको थियो।   समितिकाे कार्यसमिति बैठकले चुनावी कार्यक्रम निर्धारण गर्ने सचिव डन्डीराज घिमिरेले पर्दाफासलाई जानकारी गराए।  

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका  प्रमुख अतिथि संबिधान सभा सदस्य दिपक कार्कीले  गौरादह खानेपानीले नगर भित्रका नागरिकहरुलाई शुद्ध खानेपानी बितरण गरिरहे पनि माग बढ्दै जाँदा वितरण क्षमता बढाउनु पर्ने बताएका थिए।  अहिलेकै परियोजनाले खानेपानीको माग धान्न नसक्ने भन्दै कार्कीले वैकल्पिक उपाय तत्काल खोजी गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।  

त्यस्तै खानेपानी डिभिजन कार्यलय झापाका प्रमुख बिकाश काफ्लेले खानेपानी संस्थाका समितिहरुले गरेकाे याेगदानकाे प्रशंसा गर्दै जिल्ला भित्रका खानेपानी संस्थाहरुलाई सहयाेग गर्न डिभिजन कार्यलय कटिबद्ध रहेकाे बताएका थिए। 

गौरादह नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरपालिकाले नगरभित्र रहेका खानेपानी उपभोक्ता समितिलाई एकीकृत गर्ने उद्देश्यले एकीकृत कार्यविधि ल्याउन लागेको जानकारी गराएका थिए।  

यसैगरी वडा नम्बर २ का वडाध्यक्ष गोपाल कोइरालाले गौरादह खानेपानीको समग्र अवस्था वारे चर्चा गरेका थिए।   

संस्थाका उपाध्यक्ष नरेश कार्कीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब डण्डीराज घिमिरेले कार्यक्रमकाे संचालन गरेका थिए।

Views: