d

संग्रौलाको ग्रेनाइट उद्योग खोल्ने योजनामा रतुवा पुल बाधक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाल मार्वल व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले व्यक्तिगत लगानीमा ग्रेनाइट उद्योग संचालनमा ल्याउने योजना बनाएता पनिउक्त उद्योग कागजी योजनामै सिमित हुने भएको छ।   भारतीय नाका गौरिगंज छोटी भन्सार सम्म पुग्ने स्तरिय सडक  नभएका कारण र बिराटनगर सम्म  जानको लागि हुलाकी सडक संचालनमा नआए सम्म ठुलो लगानीमा शुरु गर्न लागिएको ग्रेनाइट उद्योग संचालनमा कठिनाई हुने भएको हो। 
'ग्रेनाइट उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतीय बजारबाट आयात गर्नुको विकल्प छैन। ४२ टन लोड क्षमताका २४ चक्के गाडीहरु कुन सडकबाट ल्याउने भन्ने नै सबै भन्दा जटिल कुरा हो।', संग्रौलाको भनाई रहेको छ ।  

गौरिगंजको छोटी भन्सारबाट ग्रेनाइट उद्योग खोल्ने भनिएको स्थल ग्वाल्डुब्बा सम्मको को दुरी  झन्डै १० किलोमिटर मात्र रहेको छ ।  गौरिगंजबाट फत्तेपुर सम्म पुग्ने ४ किलोमिटर सडक कच्ची सडक रहेको छ। उक्त कच्ची सडकलाई उच्चस्तरीय सडक निर्माण गर्नु पहिलो कार्य हो भने गौरिगंज छोटी भन्सारलाई मझौला भन्सारमा स्तरोन्नति गर्नका लागि भौतिक संरचनाको कार्य समेत तत्काल अगाडी बढाउन आवश्यक देखिन्छ।  

'भौतिक पूर्वाधारका अतिरिक्त लगानी मैत्री नीति निर्माण हुने हो भने मात्र ढुक्क संग लगानी गर्न सकिन्छ, नत्र उद्योग धन्दामा लगानी गरेर पछुताउनु मात्र हो।', संग्रौला भन्नुहुन्छ। 

उद्योग धन्दा खोलेर मात्र नहुने र उत्पादनको बजारीकरण समेत चुनौतीपूर्ण हुने वहाँको तर्क छ।  

हुलाकी सडक निर्माण हुने क्रममा छ, यसै सडकमा पर्ने रतुवा खोलाको पुल संचालनमा नआएसम्म उत्पादित सामाग्रीलाई मोरंगका सहरहरुमा पुर्याउन समेत घुमेर जानुपर्ने बाध्यता रहेको छ।  

संग्रौलाले आजै छोटी भन्सार गौरिगंज र  संचालनमा ल्याउन नसकिएको रतुवा पुल समेतको स्थलगत अध्ययन गर्नुभएको थियो।    

Views: