d

अर्जुन दाहालको कविता  'स्वास्थानी माहात्म्य'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गाउँको श्यामेलाई केटि जिस्क्याउन कहिल्यै आएन
उसले शास्त्र पढेको थियो
त्यसैले केटि जिस्क्याउनुलाई अनैतिकता सम्झिन्थ्यो ।
एक दिन बाटोमा राम्री केटिहरु जाँदै गर्दा
श्यामेका साथीभाईले केटि जिस्क्याउन निकै उक्स्याए
कर र बल गरे,
बाध्य भएर श्यामे पनि जिस्क्याउन अघि सर्यो
शास्त्र पढेको उसले
केटिहरुको टोलि अगाडि गएर भन्यो
"तिमी देवकन्या हौ कि अप्सरा
तिमी नागकन्या हौ कि गन्धर्व 
सुर्य जस्तो जाज्वल्यमान तिम्रो मुहारमा
चन्द्रमा जस्तो शितलता कसरी सुहाएको
भन्दा गफ लगाएको जस्तो होला
मन्द मुस्कानले भरिएको तिम्रो ओठले
मलाई भुतुक्कै बनायो
के म सँग पाणी ग्रहण गर्छ्यौ ?

श्यामेको कुरा सुनेर केटिहरु जोडले हाँसे
अनि भने
"धत्तेरि यसले पनि स्वास्थानी पढेर आएछ ।"

 

-अर्जुन दाहाल

गौरादह ३ झापा

Views: