d

अर्जुन दाहालको कबिता -  'चित्रकार'

Views:

उसले क्यानभासमा आँखा गढायो
केही बेर सोच्यो
आफ्नो रङ्गको भाँडा हेर्यो
अनि चित्र कोर्ने तयार भयो ।

उसको कल्पनामा ईश्वर थियो
निर्गुण ईश्वर
कसरी चित्र कोर्ने 
उ अलमल्ल पर्यो
किनकी रङ्गको निर्माण हुँदा
गुणको पनि निर्माण हुन्छ ।
उसलाई अन्य देवी देवताको जस्तो
ईश्वरको वाहन पनि थाहा थिएन
त्यसैले सोच्यो
के होला ईश्वरको वाहन 
उत्तर उ सँग थिएन ।

उ सँग ईश्वरको नाम थिएन
उ सँग ईश्वरको अस्तित्व थिएन
उ सँग ईश्वरको जानकारी थिएन
उ सँग ईश्वरको कल्पना थिएन
त्यसैले उसले आफ्नो क्यानभास खाली छोड्यो
एक शब्द लेख्यो
"ईश्वर"
अनि आफ्नो चित्र प्रदर्शनीमा राखयो।

उसले किन ईश्वर मात्र लेख्यो
कारण उसैलाई मात्र थाहा थियो
अनि उ भित्रको ईश्वरले बोल्यो


"भाइ तैंले मलाई पराजित गरीस
किनकी गुण तँ मा थियो, म मा होइन " । 

अर्जुन दाहाल
गौरादह ३, झापा 

Views: