d

अर्जुन दाहालको कविता - 'धर्मको समीक्षा'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

के खाने उल्लेख छ,
किन खाने उल्लेख छैन
के लगाउने उल्लेख छ,
किन लगाउने उल्लेख छैन
कहाँ बस्ने उल्लेख छ,
किन बस्ने उल्लेख छैन
तसर्थ गाँस, बास र कपास
अधुरो छ धर्ममा
किन प्रश्नको उत्तर नभएर 
मात्र एक उत्तर छ
"भगवानलाई खुसी पार्न "
किन प्रश्नको उत्तरले विज्ञान थपिन्थ्यो
किन प्रश्नको उत्तरले जीविकोपार्जन थपिन्थ्यो
किन प्रश्नको उत्तरले समाजिक मैत्रीता थपिन्थ्यो
किन प्रश्नको उत्तरले मानवता थपिन्थ्यो
समग्रमा भन्नु पर्दा
किन प्रश्नको उत्तरले एक अटुट आस्था थपिन्थ्यो
एक विश्वास थपिन्थ्यो
सायद धर्ममा 
भगवान पनि आफूलाई खुसी बनाएको हेर्न चाहँदैनन् ।

Views: