d

अर्जुन दाहालको कविता - 'नयाँ देवताको खोजी'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पतिव्रता धर्म
जसले महादेव, विष्णु देखि यमराजलाई पनि
हार्न वाध्य बनायो,
बृन्दा सँग महादेव र विष्णुले हारे,
सावित्री सँग यमराजले हारे
कसले दिने फल त पतिव्रताको 
कसले जोगाए पतिव्रता पात्रलाई ?
अनि पत्नीब्रता बस्ने पतिको धर्म कुन शास्त्रले हेर्ने
जहाँ पुरुषलाई पर- स्त्री गमन गरे
गरुड पुराणले नर्क देखाएको छ ।

कामका देवता कामदेव र रती भए,
प्रेमको देवता को हुन त
जसले महादेव, विष्णु र कृष्ण लाई
वाध्य बनाए प्रेम गर्न
फल कसले दिने?

शास्त्र साकाहारी भोजन गर भन्दछ
मांसाहारी भोजन गर्नेको देवता खोइ
जबकी धर्मशास्त्रमा पनि शिकार खेललाई शौर्यता प्रदान गर्यो 
अनि मांस बेच्नेलाई व्यापारी घोषणा गर्यो,
रुखको भगवान कल्पवृक्ष भए
मांस पिण्ड को देवता भएनन
जबकी कर्म गर्ने शरीर नै हो
शरीरको देवता खोइ
यस्तै छ हिन्दु धर्म
जहाँ नयाँ देवताको आबश्यकता छ
कि त पुरानै देवताले उचित कर्मको जिम्मा आवश्यकता छ ।

Views: