d

त्याग

Views:

भनिन्छ प्रेममा त्याग चाहिन्छ
यो कथन असत्य हो
त्यागेर गरिने प्रेम कसरी सफल होला
जहाँ इच्छा रेटिन्छ
भावना मेटिन्छ
आँशु दबाइन्छ
खुसीलाई हत्याइन्छ।
त्यागले दिन्छ त केवल सान्त्वना
अनि शान्तिको महसुस
अनि आफूले हारेको पीडामा मल्हम।
त्यसैले राम बहादुरले कहिल्यै केही कुराको पनि त्याग गरेन
र उ भन्दछ
आफू भित्रको ईश्वरलाई रुवाएर
त्यागले कसरी प्रेमको परिभाषा गर्छ
आफू भित्रको आत्मालाई दुःखी बनाएर 
त्याग कसरी पवित्र हुन सक्छ
आफू हारेर अरुलाई जिताएर
त्याग कसरी निर्मल हुन सक्दछ।

त्याग गर्न त भगवान महादेवले पनि सकेनन 
न त सतिदेवीलाई
न त पार्वतीलाई
महादेवको लागि सतीदेवी र पार्वती दुवैको त्याग गर्ने विष्णुले
लक्ष्मीको त्याग गर्न सकेनन
त्यसैले राम बहादुरले कहिल्यै त्याग गरेन।

राम बहादुर राम्री केटी देखेपछि 
मक्ख पर्दछ
उ हिन्दी कथानक चलचित्र धुमको पात्र अलि भन्दा कम छैन 
राम्री केटी देखेपछि
बिहेबारी र सन्तान उत्पादन तुरुन्त सोच्न भ्याउँछ
अन्य केटाहरुलाई त्यस्तो होला की नहोला
दैव जानुन
तर राम बहादुर त्याग गर्न सक्दैन
अनि बोल्दछ उ भित्रको ईश्वर
"त्याग आत्मसमर्पण हो लाटा
प्रेममा समर्पण चाहिन्छ
आत्मसमर्पण होइन"
अनि नढाँटी भन्दा
म पनि राम बहादुर भन्दा कम छुइन।

Views: