d

कामदार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सबै गर्नुपर्ने काम नै हो
गाँस, बास, र कपासको लागि पनि गर्नुपर्ने
काम नै हो।
अब थोरै नेपाली कानुन हेरौँ।

नेपाली कानुनले कर्मचारीलाई
कर्मचारी भन्छ
मजदुरी गर्नेलाई मजदुर
अनि खाडी मुलुक जान ईच्छुक र गएकालाई कामदार
यो भाषा सरकारी भाषा घोषणा हुन मात्र बाँकी होला।
शब्दकोशको भाव र तात्पर्य अनुसार
कर्मचारी, मजदुर र कामदार
पर्यायवाची शब्द हुन
तर हाम्रो बोलीचालीको भाषामा विभेद पाइन्छ
स्वयं राज्य पनि यही विभेदयुक्त भाषा प्रयोग गर्दछ ।

यस्तो प्रथा बाट विरक्तिएर
उसले एक दिन भौतिकशास्त्रका प्राध्यापकलाई
उनी कामदार रहेको घोषणा गर्यो
प्राध्यापकले आफु कामदार होइन प्राध्यापक हो भन्ने जवाफ दिए,
उसले प्राध्यापकलाई बुझाउन खोज्यो
प्राध्यापकको काम भनेको पढाउने
तथा खोज अनुसन्धान गर्ने हो,
त्यो पनि आफैंमा एउटा काम हो
त्यसैले प्राध्यापक पनि कामदार हुन
सायद प्राध्यापकको आत्मसम्मानमा ठेस पुगेछ
उनी सँगको सम्वन्धमा कैंची लाग्यो।

उसले प्रश्न गर्यो
सरकारका पूर्व सचिवलाई
एक पिउनको बढुवा कार्य सम्पादन अनुसार कसरी गर्ने
उसले जवाफ पाएन
मन्त्रालय अथवा विभागका सबै भन्दा ठूला सचिवले
कसरी कार्यसम्पादनको आधारमा
सबै भन्दा सानो
सरकारी पिउनको बढुवा गराउँछन भन्ने प्रश्न
उसले पुन सरकारी उप - सचिवलाई सोध्यो
उप - सचिवले पनि जवाफ फर्काएनन ।

यो शिक्षाको कमजोरी हो
जसले सिकाएन काम गर्ने सबै कामदार हुन
यति सम्मकी धर्मको अनुयायी
जसले भगवानले काम गर्दैनन गर्नु हुन्न भन्दछन्
उनीहरूले पनि बुझ्नुपर्छ
सृष्टि, स्थिति र संहार पनि काम नै हो,
त्यसैले उ भन्दछ
भगवान पनि कामदार नै हुन
प्राणीको त के कुरा ।

Views: