d

दोषी जिब्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

एक जना बाबाजी महाराज,
जो आफूलाई विभिन्न भगवानको दास भन्न रुचाउँथे
उनले एक प्रवचनमा प्रश्न सोधे
"भोक मिठो की भोजन?"
दास बाबाजी महाराजको प्रश्न सुनेर सबै दङ्ग थिए
यत्तिकैमा भिडबाट उसले करायो,
"उसिनेको आलु मिठो की आलु को लागि तयार गरिएको नुन खुर्सानी ?"
बाबजीले पनि प्रश्न सुनेर 
मुख मिठ्याए 
प्रवचन सुन्ने सबैले र्याल काढे
यत्तिकैमा उ बोल्यो,
"स्वाद मिठो, दोषी जिब्रो"
उसको कुरा सुनेर सबैले हो मा हो भने
अनि सास्टाङ्त दण्डवत गरे
उही दास बाबाजी महाराजलाई ।

Views: