d

ज्योति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उसले बोल्यो
"महादेवको उत्पति ज्योति पुञ्ज बाट भएको हो "
उसको गफ बिक्यो
अनि भेला भयो धार्मिक भक्तजनको
सबैले ज्योति ठूला हुन भन्ने निर्णय गरे
अनि पर्खिए
दर्शन पाउन
उनीहरूलाई पुजा गर्न कठिन भयो
किनकी धर्मशास्त्रमा ज्योति भगवानको
पुजाबिधि उल्लेख थिएन
सबैलाई आपत पर्यो
तर हिन्दु धर्म शास्त्र बढो चतुर छ
यस्तो अवस्थामा
संकट मोचन हनुमानको पुजा गरे पनि हुन्छ
विघ्न हर्ने गणेशको पुजा गरे पनि हुन्छ
सायद त्यती पुजा गरेका भए
ज्योति भगवानले पनि दर्शन दिन्थे होला।

अब प्रसङ्ग बदलौं
उत्पति र अस्तित्व 
पर्यायवाची शब्द हुन
जसको उत्पति हुन्छ
उ स्वतः अस्तित्वमा आउँछ
जसको उत्पति हुँदैन
उसको अस्तित्व हुँदैन
धर्ममा देवीको उत्पति
सम्पुर्ण देवताका शरीरको तेजबाट भएको थियो
तेज आफैंमा ज्योति हो
धार्मिक कथामा लिन हुने वस्तु पनि
ज्योति नै हो
आत्माको रुपमा भए पनि शरीरको रूपमा भएपनि
धार्मिक कथानक चलचित्र र टेलिभिजन श्रृङ्खामा देखाइने
भगवानका मुकुट र शिर पछाडिको प्रकाश पनि ज्योति नै हो
यति भनी
उसले आफ्नो दुई शब्द टुङ्ग्यायो
अनि आफ्नो गफलाई फेरि बेच्यो
उसलाई आशा देखाएर निराश पार्न पल्केका भक्तजनमा
फेरि निराशा छायो ।

Views: