d

सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्व लिग २ त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको छ ।

क्यानले बिहीबार नेपाली टोलीको अन्तिम १४ सदस्यीय खेलाडीको नाम घोषणा गर्दा सन्दीपलाई पनि समेटेको छ । क्यानले बिहीबारै त्रिकोणात्मक शृंखलामा घोषित नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई पठाएको छ ।

बलात्कार अभियोग लागेका सन्दीप २० लाख धरौटीमा रिहा भएका हुन् । गत साता सन्दीपलाई क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणमा राखेको थियो ।

नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको हाे ।

Views: