d

चैतसम्म ऋण भुक्तानी गर्दा छुट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ,२७ माघ । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो ।

‘बैंकले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता (ऋण भुक्तानी) गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु २५ लाखसम्मका खराब कर्जा तथा उपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिइनेछ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

बैंकको ब्याज छुटसहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले बक्यौता साँवा रु एक लाखसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, रु पाँच लाखसम्मका कर्जामा ३० प्रतिशत, रु १० लाखसम्मका कर्जामा ४० प्रतिशत, रु १५ लाखसम्मका कर्जामा ६० प्रतिशत, रु २० लाखसम्मका कर्जाम ७० प्रतिशत र रु २५ लाखसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ । रासस

Views: