d

बिबिसी ‘विश्वकै सबैभन्दा भ्रष्ट’ संस्था रहेको भारतीय जनता पार्टीको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतीय सत्तारोढ दल  भारतीय जनता पार्टीले अन्तर्राष्ट्रिय सञ्चारसंस्था बिबिसीलाई ‘विश्वकै सबैभन्दा भ्रष्ट’ संस्था भएको आरोप लगाएको छ । भारतीय कांग्रेस र बिबिसीको एजेन्डा एउटै रहेको भन्दै भाजपाले बिबिसीलाई भ्रष्ट संस्था भएको आरोप लगाएको हो। 

भारतीय आयकर विभागले मंगलबार नयाँ दिल्ली र मुम्बईमा रहेका बिबिसीका कार्यालयमा छापा हानेको थियो । सोलगत्तै पत्रकार सम्मेलन गरेर भाजपाका प्रवक्ता गौरव भाटियाले आयकर विभागले नियमअनुसार बिबिसीबारे अनुसन्धान जारी रहेको बताएका थिए । 

आयकर विभागलाई विनाअवरोध काम गर्न दिनुपर्ने बताउँदै उनले भारत संविधान र कानुनअनुसार चल्ने र यहाँ सबैले काम गर्न पाउने दाबी गरे । 


यता, कांग्रेससहितका विपक्षी दलले भने सरकारको कदमको आलोचना गर्दै उक्त कदम अलोकतान्त्रिक र तानाशाही भएको टिप्पणी गरेका छन् । 

Views: