d

बीमा सहितको कमलनगर अस्पताल संचालनमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको कमल गाउँपालिकामा कमलनगर अस्पताल संचालनमा ल्याइएको छ।  आजैबाट सेवा सुचारु हुनेगरी तोपगाछी स्थित वडा नम्बर २ मा स्वास्थ्य बीमा सहितको अस्पताल संचालनमा ल्याएको हो।  

 आम्दा अस्पताल दमकसँग समन्वय गरेर सुचारू गरिएको उक्त अस्पतालको आज विशेष कार्यक्रम सहित उद्घाटन गरिएको छ। 

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्वास्थ्य बीमाको सेवासहित तत्कालका लागि अस्पतालमा आउने बिरामीको सम्भव भएसम्म सोही अस्पतालमा उपचार गर्ने र चिकित्सकहरुको सिफारिस अनुसार आवश्यक अन्य ठुला अस्पतालमा रेफर गर्ने गरी सेवा सुचारु गर्न लागिएको जानकारी दिए ।

अस्पताल हरेक दिन बिहान ८ बजेदेखि खुल्ने र साँझ  ६ बजे बन्दहुने जानकारी गराइएको छ।  

तत्काल नियमित स्वास्थ्य परिक्षण तथा उपचार, एक्स रे, ल्याब सेवा, इसिजी लगायतका सेवा प्रदान हुने नगरअस्पातालमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै सेवा समय बढाइने बताइएको छ भने अस्पतालमा तत्काल एमबीबीएस र मेडिकल अफिसरसहित १३ जना स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनेछ  । 

 

May be an image of 4 people, people sitting, people standing, hospital and indoor

 

May be an image of 2 people, people standing and indoor

 

May be an image of 5 people, people standing, people sitting and indoor

 

May be an image of 1 person and indoor

 

May be an image of 3 people, people standing, people sitting and indoor

 

May be an image of 1 person, standing, hospital and indoor

 

May be an image of 3 people, people standing and indoor

 

May be an image of 7 people, people standing and outdoors

 

 

Views: