d

आईसीसी क्रिकेट विश्वकप लिग-२ खेलको टिममा परेनन् सन्दीप लामिछाने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईमा हुने खेलमा सन्दीप लामिछाने सहभागी हुन नपाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले यूएई जाने खेलाडीको सूचीमा लामिछानेलाई राखेको छैन। उनको ठाउँमा प्रतिस जिसीलाई राखेको छ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई नराखेको हो। नेपालले लिग-२ अन्तर्गत १५ देखि २२ फागुनसम्म यूएई र पपुवा न्युगिनीसँग खेल्दैछ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्न नेपाली टोली १३ गते यूएई जाँदैछ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरेर घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा खेलाएको थियो।


उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको छ।

Views: