d

निर्धन उत्थान लघुवित्तले क्यान्सर पिडित ताजपुरियालाई गर्यो १० हजार सहयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

'ऋणले थला परिएको अवस्था छ, एकातिर ऋणको भार अर्को तिर श्रीमानको यो अवस्था, घरमा खाने अन्न छैन यो अवस्थामा म के गरौँ ?

झापा: निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडित नन्दलाल ताजपुरियालाई उपचार सहयोगका लागि १० हजार नगद आर्थिक सहयोग गरेको छ।  लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि सहयोग गरिएको हो।  कम्पनीका गौरादह शाखाका कर्मचारीहरुले पिडित ताजपुरियाको घरमै पुगी नगद हस्तान्तरण गरेका थिए।   

हस्तान्तरण कार्यक्रममा कम्पनीका गौरादह शाखा प्रमुख विवश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, शाखाका कर्मचारीहरु  र समूह सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।  

नगद हस्तान्तरण गर्दै शाखा प्रमुख  घिमिरेले निर्धन उत्थान लघुवित्तले गर्दै आएका सामाजिक योगदानहरुको बारेमा चर्चा गरेका थिए। आफ्ना समूह सदस्य भित्र कुनै समस्या परेको खण्डमा निर्धन लघुवित्तले आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्दै  उनले पिडित ताजपुरियाको उपचारमा सानो सहयोग पुगोस भन्ने उद्देस्यले सहायता रकम उपलब्ध गराइएको उल्लेख गरे।  

नन्दु ताजपुरिया आर्थिक अभाव भएका कारण क्यान्सर रोगको उपचार गराउन पाएका छैनन्। नगरपालिका, दाताहरुबाट केहि रकम उठाएर उपचार प्रयास गरिएको भएता पनि आर्थिक अभावकै कारण उनि घरमै थलिएर बसेका छन्।  

आर्थिक अभावको ठुलो चपेटामा परेका उनलाई बचाउनका लागि वडाध्यक्ष नगेन्द्र भण्डारीले व्यक्तिगत रुपमा र नगरपालिका तथा वडा कार्यालयको तर्फबाट आवश्यक पहल गर्दै आएको बताउछन्।   

गम्भीर रोगले पिडित भई उपचार अभावमा घरमै थलिएका उनको अवस्था थप जटिल हुँदै गएको छ।  आफ्नो श्रीमानको उपचारमा सहयोग पुर्याइदिन उनकी श्रीमतीले सार्वजनिक रुपमा सहयोगको लागि अपिल गरेकी छिन्।  

उनले भनिन्, 'ऋणले थला परिएको अवस्था छ, एकातिर ऋणको भार अर्को तिर श्रीमानको यो अवस्था, घरमा खाने अन्न छैन यो अवस्थामा म के गरौँ ?', श्रीमती ताजपुरियाले सहयोगको याचना गर्दै भनिन्।

_____________________________________________________________

सम्रिद्दिको मार्गमा पुस्तिका हस्तान्तरण

सोहि अवसरमा शाखा प्रमुख घिमिरेले कम्पनी द्वारा नियमित रुपमा प्रकाशित हुने 'सम्रिद्दिको मार्गमा' नामक पुस्तिका वडाध्यक्षलाई हस्तान्तरण समेत गरेका थिए।   _________________________________________________

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

Views: