d

रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदानमा कटौती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । आयात कम गर्दै उत्पादकत्व बढाउने नीति रहे पनि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान कटौती गरेको छ ।

मल खरिदमा अर्बौं रकम खर्च भए पनि सोहीअनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले अनुदान नै घटाएको हो । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

यसअघि समग्रमा ७० दशमलब आठ दुई प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९ दशमलब शून्य ४ प्रतिशत कायम भएको छ । योसँगै खेती गर्न किसानलाई नभई नहुने रासायनिक मलको भाउ बढ्नेछ । अनुदान कटौतीपछि आयातविन्दुमा युरिया प्रतिकिलो २५, डिएपी ५० र पोटास ४० रुपैयाँ पर्नेछ । यसअघि आयातविन्दुमा युरिया प्रतिकिलो १४, डिएपी ४३ र पोटास ३१ रुपैयाँ थियो । कृषिविज्ञहरु सरकारको यो निर्णयले उत्पादकत्व घटाएर परनिर्भरता झन् बढाउने बताउँछन् ।

नेपालमा ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक भए पनि हालसम्म निकास भएको ३१ अर्ब रुपैयाँले ३ लाख ३१ हजार ५ सय मेट्रिक टनमात्रै आउन सकेको मन्त्रालयको भनाइ छ । रासायनिक मलका लागि यस वर्ष ३८ अर्ब ५० करोड रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ ।

Views: