d

बैंक तथा वित्तीय संस्थाहरुविरुद्धको आन्दोलन फिर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, ३० फागुन । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।


मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।

भेटमा प्रधानमन्त्री दाहालले उनीहरुका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता भएको जनाएका छन्।

अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्री दाहालले दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको उनीहरुले बताएका छन्।

यस्तै, माग पूरा नभए पुन: आन्दोलन गर्नेपनि उनीहरुले बताएका छन्।

Views: