d

विराटनगरमा मुख्यमन्त्री विरुद्द नारावाजी, प्रदर्शनकारी माथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगरमा भइरहेको विरोध प्रदर्शनका कारण रोडशेष चौक तनावग्रस्त बनेको छ । कोशी प्रदेश खारेजीको माग गर्दै आइतवार आयोजना गरिएको विरोध प्रदर्शनमा प्रदर्शनकारी माथि सुरक्षाकर्मीले अश्रु ग्याँस प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो।   
दिउँसो ३ बजे तिर रोडशेष चौक देखी प्रदर्शनकारी मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय तर्फ अघि बढेको बेला सुरक्षाकर्मीले प्रदर्शनकारीहरू माथि पटक पटक अश्रुग्याँस प्रहार गरेको बताइएको छ ।

 प्रदेश सरकारले ठुलो सङ्ख्यामा सशस्त्र सहितको सुरक्षाकर्मी परिचालन गरेको थियो।  

अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीहरुले समेत ढुंगा प्रहार गर्न थालिए पछि स्थिति थप तनावग्रस्त बनेको बताइन्छ।   

यसअघि प्रदेश सरकारले स्थानिय प्रशासन, प्रहरी मार्फत सुरक्षा व्यवस्था कडा गर्ने तयारी गरेको थियो । मोरङ जिल्ला प्रशासनले दोस्रो पटक शुक्रवार निषेधित क्षेत्रको घोषणा गरी मुख्यमन्त्री कार्यालय क्षेत्र रोडशेष चौक सम्म चार किल्ला तोकेको थियो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । प्रदर्शकारीहरु निरन्तर 'कोशी प्रदेश खारेज गर'को नाराबाजी गरिरहेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्की मुर्दावादको नारा पनि लगाइ रहेका छन् । File Photo


 

Views: