d

 डा.भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै, सामान्य खाना खान थाले

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीलाई सामान्य खाना दिन थालिएको छ ।

बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन थालिएको हो ।


आगलागीबाट गम्भीर घाइते भएका डा.भण्डारीको सोमबार ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

‘डा.भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’, डा.भण्डारीका दाजुले भनेका छन् ।

डा.भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थाल्नु भएको दाजुको भनाइ छ । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नु नपर्ने चिकित्सकले बताएका छन् । सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।

Views: