d

स्थानियको सहारा बन्दै मेडिम्याक्स अस्पताल गौरादह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह ४ की एक महिला भाइरल ज्वरोका कारण सिकिस्त थिइन् ।  उनले नगर अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराइन् ।  चिकित्सक उनलाई थाइराइड भएको आशंका गरे। तिन दिन औषधी खाएर हेर्न भने।  ज्वरो बिसको उन्नाइस भएन। उनि फलोअपको लागि पुन: नगर अस्पताल पुगिन्।   डाक्टरको आशंका भाइरल ज्वरो सहित थाइराइड पनि थियो।  तर नगर अस्पातलको ल्याबमा थाइराइड सम्बन्धी परिक्षण नहुने भएकोले उनि नजिकैको  मेडिम्याक्स अस्पताल गइन् र जाँच गराइन् ।  

 

May be an image of 1 person and text that says 'स्थाक्स अरात मेडीम्याक्स अस्पताल गौरादह-१, भापा सम्पर्क: ०२३-४८००२० आज मिति गते जटिल फिस्टुलाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो! सर्जरी सेवाहरु: अपेन्डिक्स, पत्थरी, पायल्स, हर्षा, दिशामा रगत आउने, मासु पलाएको, फिस्टुला, फिसर, दुख्ने, पिप आउने, हाइडेसिल, अण्डाकोषमा पानि जमेको र सुन्निएको, शरिर तथा छातिका गाँठाहर, थुनिलोपन, हर्निया, पित्तथैलीको पत्थरी, तथा अन्य पेट सम्बन्धि समस्याहरु इत्यादी। अपरेशन तथा विना अपरेशन विधिवाट गरिने शल्यक्रियाको लागि सम्पर्क नं. 0२३8८००२० /ビて६्ष२७०४०८७ डा. प्रदिप यादव MBBS, MS-General Surgery (जनरल सर्जन) NMC No. 10989 Contact No. 9824907891 পাক্লামা मेडीम्याक्स अस्पताल गौरादह-१, भापा सम्पर्क: ०२३ ३-४८००२०'


 
उनले २ वर्ष अगाडी पनि थाइराइड परिक्षण गराएकी थिइन् तर यो बेला गौरादहमा थाइराइडको परिक्षण कतै नहुने भएकोले उनले बिर्तामोड पुगेर ल्याब टेस्ट गराउनु परेको थियो।  उनि एक प्रतिनिधि पात्र मात्र हुन्। स्वास्थ्य उपचार सम्बन्धि जटिलता भएकै कारण कैयौं मानिसले अकालमा ज्यान गुमाएका घटना पनि गौरादहबासी माझ नौलो होइन।  तर अहिले आएर निजिक्षेत्रको लगानीमा संचालित मेडिम्याक्स अस्पतालले यस क्षेत्रका मानिसलाई केहि हदसम्म भएपनि मलमपट्टी लगाउन सकेको छ।  

 

No description available.

 

 गौरादह डिपुचोकबाट करिब १०० मिटर पुर्व अस्वस्थित मेडीम्याक्स अस्पताल केहिसमय अगाडी सम्म डिपुचोक बाट २०० मिटर दक्षिण मिनी अस्पतालको रुपमा केहि वर्ष देखि संचालनमा थियो। यसले २०७८ असोज १० बाट यस अस्पतालले नयाँ स्वरुप पायो।  फराकिलो भवनलाई आधुनिक र सुबिधा सम्पन्न अस्पतालको रुप प्रदान गरियो।  नयाँ प्रबिधि सहित अनुभवी चिकित्सकको व्यवस्थापन गरियो र २४ सै घण्टा सेवा प्रदान गर्न थालियो। 

 

May be an image of 11 people and text that says 'ਸਰ स्याक्स পংজাম मेडीम्याक्स अस्पताल समराय गौरादह-१, भापा सम्पर्क: ०२३-४८००२० महिलाहरुलाई सुनौलो अवसर! अब प्रत्येक शनिवार डा. मनीला श्रेष्ठबाट महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण तथा महिलारोगहरुको उपचार गरी लाभ लिनुहोस। m3R'

 

यस अस्पतालको स्थापना भए संगै स्वास्थ्य उपचारका लागि टाढाटाढाका अस्पताल पुग्नुपर्ने झन्झटबाट स्थानीयले मुक्ति पाएका छन् ।   ओपीडी सेवा, आकस्मिक सेवा र अनुभवी सर्जन  सहितको सल्यक्रिया सेवा समेत संचालित २५ सैयाको यस अस्पतालमा गौरादह नगरपालिका लगायत कमल र गौरिगन्ज गाउँपालिकाबाट समेत बिरामीहरु आउने गरेका अस्पताल व्यवस्थापक राजेन्द्र कार्की बताउछन् । 

 

No description available.

 

'अनुभवी चिकित्सक सहितको सर्वसुलभ स्वास्थ्य उपचार सेवा भएकै कारण पनि छोटो समयमा स्थानीयको विश्वास जित्न सकिएको छ ।', कार्कीको भनाइ रहेको छ । 

 

No description available.

 

सल्यक्रियामा समेत अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएको व्यवस्थापक कार्की बताउछन् ।

 

No description available.

 

गत पौष देखि अहिलेसम्म आइपुग्दा अस्पतालले २३ हजार ३८ वटा ल्याब टेस्ट, ४९ वटा मेजर अप्रेसन, २८१ वटा माइनर अप्रेसन गरिसकेको अस्पताल प्रशासनको तथ्यांकले देखाउछ ।

 

No description available.

No description available.

 

जेनेरल क्याबिन र एच डि यु समेतको व्यवस्था रहेको मेडीम्याक्स अस्पतालमा २४ सै घण्टा फार्मेसी सेवा, अत्याधुनिक टेक्नोलोजी सहितको प्याथोलोजी ल्याब, डिजिटल एक्स-रे सेवा उपलब्ध रहेको पाइन्छ।  यस अस्पतालमा कन्सल्टेन्ट फिजिसियन डा. राजेस सिंह र सर्जन डा. प्रदिप कुमार यादवको नियमित सेवा रहेको छ। 

 

No description available.

अस्पतालमा नियमित ३४  र पार्ट टाइम ४ जना गरि कुल ३८ जना स्वास्थ्यकर्मीले प्रत्यक्ष सेवा प्रदान गर्ने गरेका छन् भने २३ प्राविधिक र ११ प्रशासनिक क्षेत्रमा कार्यरत रहेका छन् । यसरी हेर्दा यस अस्पतालबाट ७१ जनाले  प्रत्यक्ष रोजगारी पाएको देखिन्छ भने अस्पताल स्थापना संगै स्थानिय व्यवसायीहरुले समेत अप्रत्यक्ष रोजगारीको अवसर पाएको देखिन्छ ।

यस अस्पतालमा दिनहु जसो साना ठुला सल्यक्रिया भइ नै रहेको हुन्छ ।

 

No photo description available.

 

अपेण्डिक्स, पत्थरी, पायल्स, हर्षा, दिशामा रगत आउने, मासु पलाएको, फ़िस्ट्रुला, फिसर, दुख्ने, पिप आउने, हाइड्रोसिल, अण्डकोषःमा पानी जमेको, र सुन्निएको, शरीर तथा छातीका गाँठाहरु, थुनिलोपन, हर्निया, पित्तथैलीको पत्थरी तथा अन्य पेट सम्बन्धि समस्याहरु, हेपाटाइटिस, मलेरिया, डेंगु, मुटुरोग, मृगौला सम्बन्धि समस्या, माइग्रेन, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर चिलाउने, झाम्झाउने, पोल्ने इत्यादी अस्पतालले दिने नियमित सेवाहरु हुन्।  त्यस्तै  whole body check , CBC , Creatinine , RBS , RFT , LFT , Urea , RRP , Lipid Profile , H Pylori , Blood Grouping , HIV , Cross Match , Hb , D - dimer , ESR , Maleria , RA Factor आदि चेक जाँचको लागि भरपर्दो प्रयोगशालाको निर्माण भएको पाइन्छ।  
अस्पतालले प्रदान गर्ने अन्य अतिरिक्त सेवाहरुमा भिडियो एक्स रे , डिजिटल एक्स रे, इन्डोस्कोपी, ई सी जी,  बिना चिरफार अप्रेसन, त्यस्तै सुगर, प्रेसर, कोलेस्ट्रोल, दिशा पिसाव रगत जाँच, टाइफ़ाइड, युरिक एसिड, मलेरिया, डेंगु, विर्य परिक्षण रहेका छन्।  

त्यस्तै हाडजोर्नी सम्बन्धि समस्याहरुमा घुँडा दुख्ने, ढाड दुख्ने, नशा च्यापिएको, जोर्नी दुख्ने, हाड तथा नशा सम्बन्धि उपचार रहेका छन् 
 

'गौरादहमा अस्पताल एउटा पनि नहुदा निकै समस्या भएको थियो । अस्पताल नहुदा स्थानीय फार्मेसीको भर पर्नुपर्ने र स-साना उपचारमा समेत दमक, बिर्तामोड, धरान, बिराटनगर धाउनुपर्ने वाध्यता थियो ।', नियमित स्वास्थ्य परिक्षण गराउन मेडिम्याक्स आएकी स्थानीय एक महिलाले बताइन् । 

 

May be an image of 2 people and text that says 'डा. राकेश मेहता MD, Psychiatry (मानसिक रोग विशेषज्ञ) NMC No. 13663 प्रत्येक महिनाका पहिला र तेसा शनिवार अग्रीम नाम टिपाउनुहुन अनुराध ०૨३४८००૨० मानसिक रोगका लक्षणहरु: निराश हुने, एक्लै बस्न मन लाग्ने, निन्द्ा नलाग्ने, खाना नरुच्ने, खराब सोच आउने, एक्लै बोल्ने, एकोहोरो हुने, त्यसै हयास्ने, शंका गर्नें, अचानक वेहोस हुने, मुखमा फिंज आउने इत्यादी समस्याहरु। বাম্া্ালী अराम मेडीम्याक्स अस्पताल गौरादह-१, भापा सम्पर्क: ०२३-४८००२० ०२३-'


गौरादहमा सरकारी अस्पतालको स्थापना प्रयास भने नभएका होइनन् । २०७३ सालमा ५ वटा गाविसलाई मिलाएर गौरादह नगरपालिकाको स्थापना गर्ने बित्तिकै देखि नगर अस्पताल निर्माण गर्ने भन्दै जग्गा खोजी कार्यलाई तिब्रता दिइएको भएतापनि हाल सम्म नगर अस्पतालको भवन सम्म निर्माण हुन सकेको छैन । सरकारी अस्पतालमा निशुल्क उपचार सेवा रहने भएपनि औषधिको गुणस्तर प्रति जनविश्वास कम हुनु सरकारी अस्पतालको मुख्य टाउको दुखाईको विषय हो।  

 

No description available.

 

सरकारी तवर बाट संचालित साधारण हेल्थपोस्टको भर गर्न बाध्य यस भेगका वासिन्दालाई मेडिम्याक्स अस्पतालले पुर्याएको सहयोगको जति चर्चा गरेपनि कम हुन्छ।  हुन त निजि क्षेत्रको लागानीलाई हेर्ने सरकारी द्र्ष्टिकोणमा भने जुन सरकार आएपनि खास सकारात्मक रहेको पाइदैन ।जोखिमपूर्ण लगानीको पर्वाह नगरी नागरिक सेवामा जुटेको मेडिम्याक्स अस्पताललाई जनआकांक्षा अनुरुप थप विकशित गर्दै जाने हो भने यो अस्पताल झापा जिल्लाकै नमुना अस्पताल बन्ने कुरामा दुईमत भने छैन।

 

May be an image of 3 people and text that says 'm3R डा. मनीला श्रेष्ठ Nepal Medical College Kathmandu University NMC No. 6054 जाँचशुल्क १००, सिमित अवधिकालागि मात्र। प्रत्येक शनिवार विहान १०:०० बाट १२:०० बजे सम्म अग्रीम नाम टिपाउनुहुन अनुराध ०२३४८००२० स्त्री तथा महिला रोगका लक्षणहरु: तल्लो पेट दुख्ने, पिसाब गन्हाउने, बच्चा नहुने, खेर जाने,सेतो जाने, पानी बग्ने, ,पाठेघर तल मरने, पाठेघर सुक्ने, अस्थाई साधनको गलत प्रयोग, महिनावारी समस्या, स्तनमा गाठागुठी, रगत गइरहने इत्यादी अব্দাत मेडीम्याक्स अस्पताल गौरादह-१, भापा सम्पर्क: ०२३-४८००२०'

May be an image of text

Views: